ब्राउनसुगरसहित नेपालगन्जका तीनजना प्रहरी फन्दामा


ब्राउनसुगरसहित नेपालगन्जका तीनजना प्रहरी फन्दामा

नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जबाट ब्राउन सुगरसहित तीनजनालाई नियन्त्रणमा लिएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ सुनार मण्डीबाट सोही स्थान बस्ने ४६ वर्षिय साविर अलि सिद्दिकी, वडा नम्बर १५ भट्टीटोल बस्ने ३० वर्षिय सोनु खान र सोही स्थान बस्ने ३० वर्षिय इन्तियाज शेषलाई ५ ग्राम ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुबाट लागुऔषध ब्राउनसुगर बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

खड्काका अनुसार पक्राउ परेका उनीहरुले प्लाष्टिकको १ र कागजको ५४ वटा पुडिया बनाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखेकोछ ।