नेपालगन्ज : भन्सार छलि नेपाल भित्राइएको अबैध मोबाईल बाँके प्रहरीले नियन्त्रणमा लिएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार नेपालगन्जको धम्बोझीबाट विभिन्न कम्पनीका २५ थान अबैध मोबाईल बरामद गरिएको हो ।
उनका अनुसरा बिहीबार बेलुका साढे ६ बजे जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले भन्सार छली ल्याईएका विभिन्न कम्पनीका २५ थान मोवाईल बेवारिसे अवस्थामा बरामद गरि आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको जानकारी दिए ।
प्रहरीले बरामद गरेको विभिन्न कम्पनीका २५ थान मोबाईलको अन्दाजी मूल्य ५ लाख ५ हजार रहेको छ ।