नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा रहेको कान्तिपुर ईलेक्ट्रोनिक्समा चोरी भएकोछ । शनिबार राती साढे एक बजेदेखि सवा दुई बजेको बीचमा उक्त पसलमा चोरी भएको हो । मध्यरातमा चोरले कान्तिपुर ईलेक्ट्रोनिक्सको सटर फोडेर लाखौं मूल्य बराबरका मोबाईल चोरी गरि लगेको कान्तिपुरका प्रोप्राईटर ऋषी कडेँलले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार चोरले पसलबाट विभिन्न कम्पनीका ४७ थान मोबाईल चोरी गरेर लगेकोछ । जसको मूल्य १८ देखी १९ लाख रुपैयाँ रहेकोछ । पसलमा लगाइएको सीसीटिभी फुटेजमा चोरको गतीविधि कैद भएकोछ । धम्बोझी चोक स्थित उक्त पसलमा चोरले सटर फोडी पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी गरि भागेको सीसी टिभीमा कैद भएकोछ । उनले भने घटना लगत्तै प्रहरी आइ मुचुल्का गरि गएकोछ । कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मोबाइल पसलमा चोरी भएपछि लाखौंको क्षतीले यतिबेला आर्थिक भार थुपारेको बताए ।
उनले सेतोखरीसगं कुरा गर्दै चोरले मध्यरातमा पसलको भित्री सटर फोडेर सामान लग्दासम्म पनि धम्बोझी चोक नजिक रहेका प्रहरीले चाल नपाउनु दुखको कुरा रहेको बताए ।
सीसी टिभी फुटेजमा चोरले माक्स, ग्लब्स लगाएको प्रष्ट देखिन्छ । पसलमा चोरी भएको सबुतका रुपमा रहेको उक्त सीसी टिभि फुटेज प्रहरीलाई समेत उपलब्ध गराएको प्रोप्राइटर कडेँलले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणका बीच सुनसान बनेको नेपालगन्जमा पछिल्लो समय चोरीका घटना बढ्दै गएकाछन् । लामोसमयदेखि ब्यापार, ब्यवसाय र पसल बन्द छ । यही मौकामा चोरले चोरीका घटना घटाउदै आएकाछन् ।
स्मरण रहोस् कान्तिपुर इलेक्ट्रोनिक्स भएको करिब एक सय मिटर पर धम्बोझी चोकमा प्रहरी बिट छ । उक्त बिटमा चौबिसे घण्टा प्रहरीको तैनाथी रहन्छ । अझ मुख्य सडककसगैं रहेको उक्त पसलमा भएको चोरी घटनाले यतिबेला नेपालगन्जका ब्यवसायीलाई चिन्तित पारेकोछ ।
यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित राधाकृष्ण मन्दिरमाबाट भगवान शिवको मुर्ती चोरी भएको थियो ।
अहिलेसम्म उक्त मुर्ती बाँके प्रहरीले फेला पार्न सकेकोछैन । कोरोना महामारीका बीच सिल गरिएको एरियाबाटै मुर्ती चोरी भएको घटना सनसनी र जटिल बन्दै गएकोछ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल