नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोकमा रहेको कान्तिपुर ईलेक्ट्रोनिक्समा चोरी भएकोछ । शनिबार राती साढे एक बजेदेखि सवा दुई बजेको बीचमा उक्त पसलमा चोरी भएको हो । मध्यरातमा चोरले कान्तिपुर ईलेक्ट्रोनिक्सको सटर फोडेर लाखौं मूल्य बराबरका मोबाईल चोरी गरि लगेको कान्तिपुरका प्रोप्राईटर ऋषी कडेँलले सेतोखरीलाई जानकारी दिए ।
उनका अनुसार चोरले पसलबाट विभिन्न कम्पनीका ४७ थान मोबाईल चोरी गरेर लगेकोछ । जसको मूल्य १८ देखी १९ लाख रुपैयाँ रहेकोछ । पसलमा लगाइएको सीसीटिभी फुटेजमा चोरको गतीविधि कैद भएकोछ । धम्बोझी चोक स्थित उक्त पसलमा चोरले सटर फोडी पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी गरि भागेको सीसी टिभीमा कैद भएकोछ । उनले भने घटना लगत्तै प्रहरी आइ मुचुल्का गरि गएकोछ । कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेको मोबाइल पसलमा चोरी भएपछि लाखौंको क्षतीले यतिबेला आर्थिक भार थुपारेको बताए ।
उनले सेतोखरीसगं कुरा गर्दै चोरले मध्यरातमा पसलको भित्री सटर फोडेर सामान लग्दासम्म पनि धम्बोझी चोक नजिक रहेका प्रहरीले चाल नपाउनु दुखको कुरा रहेको बताए ।
सीसी टिभी फुटेजमा चोरले माक्स, ग्लब्स लगाएको प्रष्ट देखिन्छ । पसलमा चोरी भएको सबुतका रुपमा रहेको उक्त सीसी टिभि फुटेज प्रहरीलाई समेत उपलब्ध गराएको प्रोप्राइटर कडेँलले जानकारी दिए ।
कोरोना भाइरस संक्रमणका बीच सुनसान बनेको नेपालगन्जमा पछिल्लो समय चोरीका घटना बढ्दै गएकाछन् । लामोसमयदेखि ब्यापार, ब्यवसाय र पसल बन्द छ । यही मौकामा चोरले चोरीका घटना घटाउदै आएकाछन् ।
स्मरण रहोस् कान्तिपुर इलेक्ट्रोनिक्स भएको करिब एक सय मिटर पर धम्बोझी चोकमा प्रहरी बिट छ । उक्त बिटमा चौबिसे घण्टा प्रहरीको तैनाथी रहन्छ । अझ मुख्य सडककसगैं रहेको उक्त पसलमा भएको चोरी घटनाले यतिबेला नेपालगन्जका ब्यवसायीलाई चिन्तित पारेकोछ ।
यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित राधाकृष्ण मन्दिरमाबाट भगवान शिवको मुर्ती चोरी भएको थियो ।
अहिलेसम्म उक्त मुर्ती बाँके प्रहरीले फेला पार्न सकेकोछैन । कोरोना महामारीका बीच सिल गरिएको एरियाबाटै मुर्ती चोरी भएको घटना सनसनी र जटिल बन्दै गएकोछ ।