नेपालगन्ज : बाँकेको बेतहनीबाट लाखौं रुपैयाँ पर्ने अबैध मोबाइल फोन बरामद गरिएकोछ । कालाबन्जर बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीको कमाण्डमा खटेको टोलीले भारतबाट नेपाल ल्याउदै गरेको ११ लाख रुपैयाँ बराबरको अबैध स्मार्ट मोबाईल फोन बरामद गरेको हो ।
आईतबार बिहान ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक डाँगीको कमाण्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर–२ बेतहनीमा भारतबाट ल्याउदै गरेको ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको हो । यस्तै ९३ थान लेडिज कुर्ता सेट समेत बरामद गरेको छ ।
राप्ती नदीको किनारैकिनार साइकलमा मोबाइल बोकेर आउँदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सामान फालेर भागेका थिए । सशस्त्र प्रहरी बाँकेका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा रियलमी, भिभो, ओप्पो लगायत अन्य कम्पनीका रहेका छन् । जसको अन्दाजी मूल्य ११ लाख २० हजार र कुर्ताको मूल्य ३७ हजार २ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
आईतबार बिहान बरामद गरिएका मोबाइल फोन र कुर्तालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा करिब ३० लाख रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री समेत बरामद गरिसकेको छ ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल