नेपालगन्ज : बाँके प्रहरीले साढे तीन किलो लागुऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– ४ बस्ने ३८ वर्षिय रमजान अली बागवानलाई आईतबार राती ११ बजे बाँके प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डुडुवा गाउँपालिका वडा नम्बर– ४ बस्ने वर्ष ३८ को रमजान अली बागवानलाई प्लाष्टिकको ३ वटा प्याकेट बनाई राखेको ३ किलो ५ सय ग्राम लागू औषध (चरेस) सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका बागवानलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल