साढे तीन किलो चरेससहति डुडुवाका रमजान पक्राउ


साढे तीन किलो चरेससहति डुडुवाका रमजान पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले साढे तीन किलो लागुऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– ४ बस्ने ३८ वर्षिय रमजान अली बागवानलाई आईतबार राती ११ बजे बाँके प्रहरीले पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डुडुवा गाउँपालिका वडा नम्बर– ४ बस्ने वर्ष ३८ को रमजान अली बागवानलाई प्लाष्टिकको ३ वटा प्याकेट बनाई राखेको ३ किलो ५ सय ग्राम लागू औषध (चरेस) सहित फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । पक्राउ परेका बागवानलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।