ब्राउनसुगरसहित नेपालगन्जबाट दुई युवा पक्राउ


ब्राउनसुगरसहित नेपालगन्जबाट दुई युवा पक्राउ

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, परसनपुर्वाबाट दुई युवा प्रहरी फन्दामा परेकाछन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट गएको प्रहरी टोलीले सोमबार दिउँसो साढे तीन बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित किसान ईट्टा भट्टाबाट दुई जना युवालार्य नियन्त्रणमा लिएको छ ।

लागुऔषध कारोबारी तथा सेवनकर्तालाई पछ्याईरहेको बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, परसनपुर्वा बस्ने २२ वर्षिय ओमप्रकाश सिंह र भारत जिल्ला बहराईच थाना रुपैडिहा गाउँ केवलपुर बसने २५ वर्षिय अजय कौलिकका साथबाट २० ग्राम लागुऔषध ब्राउन सुगर फेला पारेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुले २० वटा साना पलाष्टिकका पुडियामा लागुऔषध ब्राउन सुगर तयारी अवस्थामा राखेका थिए । पक्राउ परेका सिंह र कौलिकलाई ब्राउनसुगर सहित हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एबम प्रहरी नायब निरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार अनुसन्धान पछि पक्राउ परेका युवा लागुऔषध सेवनकर्ता हुन वा यसका कारोबारी त्यो खुल्ने बताए ।