नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, परसनपुर्वाबाट दुई युवा प्रहरी फन्दामा परेकाछन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट गएको प्रहरी टोलीले सोमबार दिउँसो साढे तीन बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित किसान ईट्टा भट्टाबाट दुई जना युवालार्य नियन्त्रणमा लिएको छ ।
लागुऔषध कारोबारी तथा सेवनकर्तालाई पछ्याईरहेको बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, परसनपुर्वा बस्ने २२ वर्षिय ओमप्रकाश सिंह र भारत जिल्ला बहराईच थाना रुपैडिहा गाउँ केवलपुर बसने २५ वर्षिय अजय कौलिकका साथबाट २० ग्राम लागुऔषध ब्राउन सुगर फेला पारेको हो ।
उनीहरुले २० वटा साना पलाष्टिकका पुडियामा लागुऔषध ब्राउन सुगर तयारी अवस्थामा राखेका थिए । पक्राउ परेका सिंह र कौलिकलाई ब्राउनसुगर सहित हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एबम प्रहरी नायब निरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार अनुसन्धान पछि पक्राउ परेका युवा लागुऔषध सेवनकर्ता हुन वा यसका कारोबारी त्यो खुल्ने बताए ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल