अबैध सुर्तीसहित पाँच युवा पक्राउ


अबैध सुर्तीसहित पाँच युवा पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले अबैध सुर्ती सहित पाँच जनालाई पक्राउ गरेकोछ ।

कोरोना भाइरस संक्रमणकै बीच अबैध तस्करी बढ्दै गएपछि बाँके प्रहरीले यसतर्फ विशेष निगरानी बढाएकोछ । सोही सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुर प्रहरी चौकीले गन्धैली नालाबाट अबैध सुर्ती तथा बिडी सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई ल्याईरहेको अबैध सुर्ती जन्य पदार्थलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुबाट ७२ पोका सुपर पावर सुर्ती र ८५ प्याकेट बिडी बरामद गरेको हो ।