नेपालगन्ज : बाँके प्रहरीले अबैध सुर्ती सहित पाँच जनालाई पक्राउ गरेकोछ ।
कोरोना भाइरस संक्रमणकै बीच अबैध तस्करी बढ्दै गएपछि बाँके प्रहरीले यसतर्फ विशेष निगरानी बढाएकोछ । सोही सन्दर्भमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुर प्रहरी चौकीले गन्धैली नालाबाट अबैध सुर्ती तथा बिडी सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई ल्याईरहेको अबैध सुर्ती जन्य पदार्थलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाएको ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुबाट ७२ पोका सुपर पावर सुर्ती र ८५ प्याकेट बिडी बरामद गरेको हो ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल