नेपालगन्ज : बाँके प्रहरीले आँप बगैचामा झुण्डिएको अवस्थामा शव फेला पारेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को झगरपुरस्थित आँप बगैचामा शनिबार एक पुरुषको शव झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
डुडुवा गाउँपालिका वडा नमबर–२ बस्ने युनिस खाँको उक्त आँप बगैचामा शनिबार बिहान सवा ९ बजे नामथर तथा ठेगाना नखुलेको अन्दाजी २८–३० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।
सेतोखरीसंग कुरा गर्दै उनले भने –‘नामथर वतन नखुलेको अन्दाजी २८–३० वर्षका एक पुरुषको शव उक्त आँप बगैचामा झुण्डी आत्म हत्या गरेको अवस्थामा फेला परेकोछ ।’ उनले अगाडी थपे–‘मृतक पुरुषको सनाखत(पहिचा) नभएकाले शव आवश्यक अनुसन्धानका लागि भेरी अस्पतालमा राखिएकोछ ।’
डिएसपी खड्काले भने–‘गहुँगोरो वर्ण भएको, पातलो शरिर उचाई अनदाजी ५.५ फिट भएको, हल्का दाह्री जुँगा पालेको, कपाल कालो ठिक्कको भएको, शरिरमा सेतो खैरो चेक सर्ट, निलो जिन्स पाईन्ट लगाएको, कालो निलो कम्बिट लेखेको जुत्ता लगाएको हेर्दा मधेसीबासी देखिने ती पुरुषको हुलिया हो ।’ यो हुलिया अनुसार मृत अवस्थामा फेला परेको व्यक्तिको सनाखत गर्ने मानिस भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्दछु ।’
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल