धानबारीमा माछा मार्न गएका तिलकको करेन्ट लागेर मृत्यु


धानबारीमा माछा मार्न गएका तिलकको करेन्ट लागेर मृत्यु

नेपालगन्ज : जङ्गली बँदेललाई मार्न थापिएको पासोमा परेर बाँकेको राप्तीसोनारीका एक युवाको ज्यान गएको छ । सोमबार राती आफ्नै धानबारीमा माछा मार्न गएका राप्तीसोनारी गाँउपालिका २ का २१ वर्षिय तिलक थारुको करेन्ट लागेर ज्यान गएको हो ।

स्थानीयले धानबारीमा आउने बँदेल मार्ने उद्देश्यले थापेको करेन्टको पासोमा थारु परेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यता जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाबारे अनुसन्धान शुरु गरिएको जनाएकोछ । बाँके प्रहरीले घटनाको अनुसन्धानपछि थप विवरण आउने बताएको ।