यसवर्ष भोटो जात्रा नहुने


यसवर्ष भोटो जात्रा नहुने

काठमाण्डौं : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यसवर्ष भोटो जात्रा नहुने भएको छ ।

बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९ औं जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मुलुकमा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले सो जोखिम कम गर्न आज करुणामयको क्षमापुजा गरिने, आउँदो २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः भाद्र २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी गराए ।

मच्छिन्द्रनाथको विधि प्रकृयाहरू हाल रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्षहरूझैं जात्रा सुसम्पन्न गरिनेछ । महर्जनले बिहीबार कुनै आधिकारिकता बेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र सो दौरानमा स्थिति अराजक बनेकोप्रति घोर भर्त्सना गरेका छन् ।

यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँगसम्बन्धित सरकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोड उपर जातीय खलः पुचहरूले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोहीअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो ।