नेपालगन्ज : बाँकेको खजुरामा एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४, निमपुर बस्ने ५५ वर्षिय महिलाको शनिबार मृत्यु भएको हो ।
निमपुर बस्ने ५५ वर्षिय महिला रामावती चमार आफ्नै घरदेखी करिब ५ सय मिटर पश्चिमतर्फ रहेको माछापोखरीमा डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
चमार विगत ७/८ महिनादेखि मानसिक रोगको औषधी सेवन गर्दै आएको प्रहीले जनाएकोछ । सोही स्थान बस्ने भुर्कन अहिरको माछा पोखरीमा डुबी मृत अवस्थामा उनी फेला परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।