नेपालगन्ज : घोराही–तुलसीपुर सडक खण्डको रोड छेउको नालमा डुबेर एक महिलाको मृत्यु भएकोछ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ग्वारखोला खैरेनी चोक बसने ६० वर्षि लिला खड्काको मृत्यु भएको हो ।
मतृक खड्का आफ्नो घरदेखि करिब २ सय मिटर दक्षिणतर्फ उक्त सडक खण्डको रोड छेउमा रहेको नालाको खाल्टोमा जमेको पानीमा मुख धुनेक्रममा चिप्ली लडी डुबेकी थिइन ।
पानीमा डुबेको अवस्थामा स्थानीय मानिसले फेलापारी उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगिएपनि उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।