‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन


‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

नेपालगन्ज : चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो ।

उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । ‘उहाँलाई एकमहिना देखि लिभरको समस्याले अलि धेरै सताएको थियो । तर उपचारकै क्रममा उहाँले हामीलाई छाडेर जानु भयो,’ सन्तोषले भने ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।

कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । छेतन सन्तोष सेनसँग मिलेर ‘हु.तु.तु.’ चलचित्र निर्देशनको तयारीमा थिए । गुरुङ डेब्यु चलचित्र नोभेम्बर रेनबाट नै उत्कृष्ट लेखकका रुपमा आफुलाई उभ्याउन सफल थिए । उनले सोही चलचित्रबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड समेत प्राप्त गरेका थिए ।