ब्राउन सुगरसहित नेपालगन्जका २ जना पक्राउ


ब्राउन सुगरसहित नेपालगन्जका २ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले ४ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बाट सोमबार विहान साढे ९ बजे ४ ग्राम ब्राउन सुगरसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने १८ वर्षिय प्रदीप काँदु र २७ वर्षिय पृथ्वीराज शुक्लालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।

प्लाष्टिकको ४ वटा सानो पोका बनाई राखेको ४ ग्राम लागू औषध ब्राउन सुगरसहित फेला परेका काँदु र शुक्लालाई आवश्यक कारबाहीका प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।