नेपालगन्ज : बाँके प्रहरीले ४ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ बाट सोमबार विहान साढे ९ बजे ४ ग्राम ब्राउन सुगरसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १९ बस्ने १८ वर्षिय प्रदीप काँदु र २७ वर्षिय पृथ्वीराज शुक्लालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिए ।
प्लाष्टिकको ४ वटा सानो पोका बनाई राखेको ४ ग्राम लागू औषध ब्राउन सुगरसहित फेला परेका काँदु र शुक्लालाई आवश्यक कारबाहीका प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै