फरार अभियुक्त पक्राउ अभियान

बाँकेमा दिनहुँ चार जना पक्राउ पर्छन्


बाँकेमा दिनहुँ चार जना पक्राउ पर्छन्

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा सजाय तोकिएका र विभिन्न आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिबादीहरु नियन्त्रणमा लिने कार्य तिब्र पारेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार रहेका प्रतिबादी नियन्त्रणमा लिने अभियान तिब्र पारेसगैं प्रहरीलाई सफलता मिलिरहेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार आर्थिक वर्षको असारदेखि असोजसम्म विभिन्न सजाय फैसला र मुद्दा दर्तामा फरार रहेका ३ सय ६१ जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ । योसगैं बाँके प्रहरीले दिनहुँजसो सरदर ४ जना फरार प्रतिबादी पक्राउ गरिरहेको खुल्न आएकोछ ।

बाँकेका प्रहरी प्रमुख रानाका अनुसार बाँके प्रहरीले अदालतबाट फैसला भएका ३ सय १५ जना मुलतबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३ सय ६१ जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्लामा २ हजार ३ सय ५८ फरार रहँदा असार यताको चार महिनामा ३ सय ६१ जना मात्रै नियन्त्रणमा लिन बाँके प्रहरी सफल भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी उपरीक्षक रानाका अनुसार बाँकेमा हालसम्म प्रहरीले नियन्त्रणमा लिएकाहरु ३ सय ६१ जना मध्येबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैया जरिवाना र ९८ वर्ष २ महिना २० दिन कैद असुल हुने छ ।

बाँकेमा फैसला भई फरार रहेका २ हजार २ सय १० जना र प्रहरीमा मद्दा दर्ताभई फरार रहेका १ सय ४८ जना गरी २ हजार ३ सय ५८ जना अपराधी फरार रहेको तथ्याङ्क जिल्ला प्रहरीसंग रहेको छ ।