अख्तियारद्धारा भेरी अस्पतालका ४ कर्मचारी सहित १५ बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता


अख्तियारद्धारा भेरी अस्पतालका ४ कर्मचारी सहित १५ बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत माधव प्रसाद आचार्य सहित १५ जना कर्मचारी विरुद्द विहिबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । १५ जना मध्ये ४ जना भेरी अस्पतालका कर्मचारी र ११ जना सप्लायस रहेका छन् ।


भेरी अस्पताल नेपालगन्ज, बाँकेका कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीलाई ११ जना फर्म संचालकहरुले घुस उपलब्ध गराएको दावी गर्दै अख्तियारले सोहि कसुरमा सजायको माग दावी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj


भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखे पछि अख्तियारले खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँ सहित निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


अनुसन्धानको सिलसिलामा भेरी अस्पताल, नेपालगंजका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेम बहादुर खत्रीसमेतको योजना र मिलेमतोमा भेरी अस्पताल, नेपालगंजमा आर्थिक बर्ष ०७६÷०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलहरूबाट १९ लाख १३ हजार ७० रुपैयाँ नगद र जिन्सी रिसवत एवं कमिशन लिई भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
आयोगले माधव प्रसाद आचार्य, अरूणराज खनाल, ईन्द्र बहादुर खत्री र प्रेम बहादुर खत्रीलाई बिगो १९ लाख १३ हजार ७० रुपैयाँ कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।