वडा प्रहरी प्रमुख खड्काद्वारा न्यूरोडका होटलमा छापा, होटल साहुनीसहित १४ जना युवायुती पक्राउ


वडा प्रहरी प्रमुख खड्काद्वारा न्यूरोडका होटलमा छापा, होटल साहुनीसहित १४ जना युवायुती पक्राउ

नेपालगन्ज : नेपालगन्जको न्यूरोडमा वडा प्रहरी कार्यालय नेपालगन्जले छापा हानेकोछ । वडा प्रहरी प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा प्रहरीले छापा हान्दा अनैतिक कार्यमा संलग्न युवायुवतीसहित २ जना होटल सञ्चालिका पक्राउ परेकाछन् ।

कोरोना भाइरस संक्रमणकाबीच न्यूरोडका केही होटलमा अनैतिक, अवान्छनिय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हान्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने युवतीहरु १७ वर्षदेखि ३० वर्षका ७ जना तथा २१ वर्षदेखि ३४ वर्षका ५ जना युवालाई पक्राउ गरिएको बताए ।

लामो समयदेखि उक्त होटलमा अनैतिक कार्य भइरहेको भन्ने जनगुनासो बढ्दै गएपछि मेरो नेतृत्वमा बिहीबार ८ बजे छापा हानेको हुँ । वडा प्रहरी प्रमुख खड्काले भने–‘दुई वटा होटलबाट अनैतिक कार्य गरिरहेका अवस्थामा रङ्गेहात ती युवायुवतीलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि जिप्रका बुझाएकाछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

भर्खरै सरुवा भइ वडा प्रहरीको जिम्मेवारी सम्हालेका वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक आफू रहदाँसम्म यस्ता अनैतिक कार्य कुनैपनि हालतमा हुन नदिने बताए ।