नेपालगन्ज : नेपालसंग जोडिएका अन्तराष्ट्रि सीमानाका थप एक महिनासम्म नखुल्ने भएकोछ ।
सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरिएकोछ ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गर्दै बैठकले मानवअधिकार सम्बन्धी ५ वर्षीय कार्य योजना पारित गरेको छ ।