दशैंँ मान्न घर आएका अपराधी पक्राउ


दशैंँ मान्न घर आएका अपराधी पक्राउ

बाग्लुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजाय सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो ।

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ । उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ । दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा ४८० प्रतिवादी फरार छन् । -रासस

Kids Festival 2022
kanti aarogya hospital