चितुवाले एक बालक खायो


चितुवाले एक बालक खायो

डडेल्धुरा : डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो ।

स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२–१३ वर्षीय छोरा दिलबहादुरको आईतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो ।

यसअघि करीब २० वर्ष पहिले अमरगढी नगरपालिका–७ मा एक पाँच वर्षीय बालकलाई चितुवाले खाएको थियो ।