नेपालगन्ज : बाँके प्रहरीले ७ किलो अफिम सहित दुईजनालाई पक्राउ गरेकोछ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २, बसपार्क स्थित भेरी गेष्ट हाउसबाट मङ्गलबार बेलुकी अन्दाजी पाँच बजे ७ किलो अफिम सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
कोहलपुर बसपार्क स्थित भेरी गेष्ट हाउसको कोठा नमबर १०५ मा लागु औषध अफिम कारोबार भइरहेको खबर पाएको बाँके प्रहरीले छापा हान्दा जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ निवासी ४५ वर्षिय जय बहादुर सिंह र सोही ठाउँ बस्ने ४५ वर्षिय विरेन्द्रमान सिंहलाई लागु औषध अफिमसहित पक्राउ गर्न सफल भएको छ ।
लागु औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा रहेका जाजरकोट नलगाढ नगरपालिका वडा नम्बर ९ बस्ने यी दुई ब्यक्तिको खानतलासी लिंदा उनीहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा लागुऔषध अफिम बरामद गरी आवश्यक अनुसन्धान एवं कारवाही अगाडि बढाईएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
प्रहरीका अनुसार लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार १५ वर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाखसम्मको जरिवाना हुनेछ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै