तेरिया मगर अब ‘डान्स मास्टर लिटल च्याम्स’को निर्णायकमा


तेरिया मगर अब ‘डान्स मास्टर लिटल च्याम्स’को निर्णायकमा

नेपालगन्ज : नेपालमा हुन लागेको ‘डान्स मास्टर लिटल च्याम्स’ रियालिटी शोमा तेरिया मगर निर्णायकको भूमिकामा अनुबन्धित भएकीछन् । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने उक्त डान्स मास्टर लिटल च्याम्सको थ्रि–प्रोडक्सन र नेपा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्ने छन् ।

मगरसगैं निर्णायकमा सुशान्त खत्री र रोहिया महर्जन समेत अनुबन्धित भएकाछन् । उनीहरुले प्रतिस्पर्धीको नृत्य मूल्यांकन गरेर नम्बर दिने छन् ।

‘शो’ मा एकजना सुपर जज पनि रहने आयोजकले जनाएको छ । सुपर जजका रुपमा नायिका सारंगा श्रेष्ठ रहने छिन् । ‘ओ संगीता...’, ‘माया बस्यो मुटुमा...’, ‘राम जानी...’, ‘लौ लौं आएँ...’, ‘हामीलाई पनि मायाले हेर...’ लगायत लोकप्रिय गीतमा सारंगाले नृत्य गरेकी छिन् । उनको नृत्य नेपाली चलचित्र जगतमा खुबै रुचाइएकोछ ।

यस्तै कार्यक्रमको होस्ट ऋमा विश्वकर्मा र सुमन कोइराला (दले दाइ)ले गर्ने आयोजकले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘डान्स मास्टर लिटल च्याम्स’मा १५ वर्ष मुनिका बालबालिकाले भाग लिन पाउने छन् । ३२ वटा श्रृंखला प्रशारण हुने कार्यक्रम केही महिनापछि शुरु गरिने आयोजकले जनाएको छ । भने यतिबेला डिजिटल अडिसन लिने तयारी भइरहेको छ ।

उक्त शोको निर्देशक विशाल भण्डारीले गर्दैछन् । भने ‘कमेडी च्याम्पियन’ सिजन–२ सकिए पछि उक्त सो हुनेछ ।

आयोजकका अनुसार शोको विजेताले २५ लाख, फष्ट रनरअपले १५ लाख र सेकेण्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् । तर, यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०–५० प्रतिशत बाड्नु पर्ने आयोजकको शर्त रहेकोछ ।