बाँकेमा पहिलो पटक नाट्य घरको माग गर्दै रंगकर्मीद्वारा धर्ना


बाँकेमा पहिलो पटक नाट्य घरको माग गर्दै रंगकर्मीद्वारा धर्ना

तस्विर सौजन्य: शैलेन्द्र गौतम निर्मोही

नेपालगन्ज : बाँकेमा पहिलो पटक नाट्य घरको माग गर्दै रंगकर्मीद्वारा धर्ना दिएकाछन् । वरिष्ठ कलाकार वीरेन्द्र हमालको नेतृत्वमा नाट्यघरको माग गर्दै कलकारहरुले बुधबार वीपि चोक र नगरपालिकामा धर्ना दिएका हुन् ।

हामीलाई यही भन्नु छैन, जहाँ भएपनि एउटा नाटक घर बनाइदिनु प¥यो । वरिष्ठ कलाकार हमालले भने नेपालगन्जको कला संस्कृति संरक्षण र जगेर्नाका लागि एउटा नाट्य घरको आवश्यकता रहेकोछ ।

ठूलो संख्यामा उपस्थित रंगकर्मीहरुले वीपी चोकमा केही बेर धर्ना दिए लगत्तै नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।

धर्नामा बसेका कलाकारको मागलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले कलासंस्कृतिको जर्गेनाका लागि आफू सकारात्मक भएको बताउँदै यसका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

धर्नामा बसेका कलाकारले नगरभवनलाई नै नाट्य घरको रुपमा विकास गर्न लक्षित गर्दै पहल गर्न भनेपछि मेयर राणाले नगर भवन भत्काएर नयाँ संरचना बनाउन थालिसकेका कारण उक्त भवनलाई नाट्य भवनका रुपमा विकास गर्न नसकिने जिकिर गरे ।

उनले रामलिला मैदान वा त्यही रहेको बाल संगठनको भवनमा नाट्य घर बनाउन सहज हुने धारणा राखे ।

सोक्रममा नेपालगन्जका कलाकार कमल विक निर्मोहिले नेपालगन्ज उपमहानगरपालिकाले जग्गा मात्र उपलब्ध गराए आफूहरले नाट्य घर बनाउने बताएका थिए ।