चैतमा ‘प्रेम गीत ३’ रिलिज हुने


चैतमा ‘प्रेम गीत ३’ रिलिज हुने

काठमाडौं : यस वर्षकै प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ आगामी चैतमा रिलिज हुदैँछ । फिल्म चैतको अन्तिम साता रिलिज गर्ने योजना रहेको यसका निर्माता सन्तोष सेनको भनाई रहेको छ ।

निर्माता सेनका अनुसा अहिले फिल्म ‘प्रेम गीत ३’को काममा ब्यस्त छन् । फिल्म हल सञ्चालन हुने निणर्यसँगै केही बाँकी रहेको फिल्मको प्रोडक्सन कार्यमा उनी जुटेका हुन् ।
‘फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज गर्नुपर्छ’ सेनले भने ‘बाँकी प्राबिधिक कार्य सबै सकाएर रेडी भएर बस्दैछु ।’ फिल्मको बाँकी काम केही दिनमा सकाउने उनले सुनाए ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म ‘प्रेम गीत ३’मा कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ । फिल्म बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच चलचित्र संघले आगामी पुष १० गतेबाट फिल्म हल खोल्ने तयारी गरेको छ । संघको यो निणर्यले फिल्म क्षेत्र फेरि चलायमान हुने खुसी छाएको छ । हल खुल्ने भएपछि अहिले फिल्मका निर्माता निर्देशक फिल्म रिलिजका लागि प्राबिधिक कार्य पुरा गर्न तिर लागिपरेका छन् ।