File Photo
नेपालगन्ज : भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकै भोलीपल्ट वडा प्रहरी कार्यलय नेपालगन्जले ठूला मात्रामा माछा बरामद गरेकोछ ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा गएको टोलीले शनिबार राती १ बजे भारतबाट कपिलवस्तु हुँदै सुर्खेतका लागि लैजादै गरिएको माछा सहितको गाडी नियन्त्रणमा लिएको हो ।
अबैधरुपमा नेपालगन्ज हुदैँ सुर्खेत लैजादै गरिएको १२ क्विन्टल माछा नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगन्ज क्वारेन्टाइन कार्यालय बुझाईएको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त १२ क्विन्टल अबैध माछाको खरिद प्रक्रियाको कागजात नमिलेको प्रहरीले बताएको छ ।
यसैबीच, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक खड्कालाई स्याबासी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ठूलो मात्रामा अबैध माछा बरामद गरेका प्रहरी निरक्षक खड्कालाई स्याबासी दिएका हुन् । पछिल्लो समय भारतबाट अबैध माछा भित्रिदा जिल्लाका स्थानीय माछा व्यापारी धराशायीमा परेको अवस्थामा माछा बरामद बारेमा प्रजिअ कुरुम्बाङले सर्हानिय कार्य भएको बताएका छन् ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल