३ माघ नेपालगन्ज : ठूला दलले लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला विवेकशील साझा पार्टीले भने विभाग नै गठन गरेको छ ।
योसंगै विवेकशील साझा पार्टी लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल बनेको छ ।
रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ ।
लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्र बताउँछन् ।
पार्टीको केन्द्रिय सदस्य समेत रहेकी समाइरा श्रेष्ठले यो विभागको नेतृत्व गर्ने भएकी छिन् । समाइरा मोडल समेत हुन् । उनले थुप्रै ¥याम्प सोमा सो–स्टपरको रुपमा प्रस्तुति दिएकी छिन् ।
उनी बेला–बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् । लकडाउनले मजदूर भोकै भएपछि उनको पहलमा खुलामंचमा खाना पनि वितरण गरिएको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?