हवाई भाडादर बढ्यो


हवाई भाडादर बढ्यो

File Photo

नेपालगन्ज ७ फागुन : वायुसेवा प्रदायक कम्पनीले हवाई भाडादर बढाएकाछन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका हुन् ।

पछिल्लो समय हवाई इन्धनको मूल्य बढे पनि अब बृद्धि हुने हवाई भाडादरले यात्रुलाई खासै महंगो नपर्ने दाबी वायुसेवा कम्पनीहरूको छ ।

वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार कुल एक सय एक आन्तरिक रुटमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँले सरचार्ज बृद्धि भएको छ । सरचार्ज यात्रुले टिकटका लागि तिर्ने भाडादरमै जोडिन्छ ।

यसअघि हवाई इन्धनको मूल्य ६५ रुपैयाँ थियो अहिले ६७ रुपैयाँ कायम भएको छ । यसैलाई आधार मानेर सरचार्ज निर्धारण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

संघको विवरण अनुसार अधिकतम सरचार्ज बृद्धि हुने रुट काठमाडौं–धनगढी छ । यो रुटको सरचार्ज ९० रुपैयाँले बृद्धि भएको छ । यसैगरी न्यूनतम सरचार्ज बृद्धि भएको रुट अन्तर्गत धनगढी–महेन्द्रनगर र डोटी–साँफेबगर छन् । यी रुटको सरचार्ज १० रुपैयाँले बृद्धि भएको छ ।

आयल निगमले गत मंगलबार इन्धनको नयाँ मूल्य सार्वजनिक गरेसँगै संघले शनिबारदेखि लागू हुनेगरी नयाँ सरचार्ज लागू गर्न लागेको जनाएको छ । संघले तयार पारेको सरचार्ज दर प्राधिकरणबाट स्वीकृत भइसकेको जनाइएको छ ।