‘मान्छेदेखि सावधान’


‘मान्छेदेखि सावधान’

नेपालगन्ज ८ फागुन : साहित्यकार सृजन लम्सालको लघु कथा संग्रह ‘मान्छेदेखि सावधान’ विमोचन गरिएको छ ।

नेपालगन्जमा शनिबार एक कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना लगायतले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरेका हुन् ।

मध्पश्चिम स्रष्टा समाजद्वारा प्रकाशित संग्रहमा ७३ वटा लघुकथाहरु समावेश छन् । ५ दशकदेखि साहित्यमा क्रियाशिल निबन्धकार लम्सालको यो संग्रह नवौं कृतीका रुपमा सार्वजनिक भएको हो ।

विमोचन कार्यक्रममा पुस्तकमाथी टिप्पणी गर्दै साहित्यकार ईन्द्र बहादुर भण्डारी (इन्द्रेणी)ले संग्रहमा समाजका विविध पाटो उठान गर्न खोजीएपनि सामाजिक विषयवस्तु र सन्देश भने प्रभावकारी रहेको जिकीर गरे । लम्सालका लघुकथाले निवन्धकारको पहिचानलाई कमजोर बनाउन सक्ने तर्फ ध्यान दिन उनले कृतिकारलाई सुझाए । पुस्तकका अर्का टिप्पणीकर्ता पुस्कर रिजालले लघुकथा संग्रहले वर्तमान समाजको चित्रणसँगै नैतिकताको मार्ग निर्देश गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ कथाकार रेग्मीले लम्सालको लघु कथा संग्रहले नयाँ पहिचान स्थापित गरेको भन्दै थप परिस्कृत रचनाको अपेक्षा गरे ।

यस्तै प्राज्ञ तीमील्सेनाले संग्रहमा समावेश स्थान र विषयले आञ्चलिकता झल्काएको भन्दै कथाका विषयवस्तु गहन भएको दावी गरे ।

कृतीकार लम्सालले साहीत्य सिर्जना सीमामा नबाधाीने भएकाले नयाँ विधामा पनि कलम चलाइरने दृढता व्यक्त गरे । स्रष्टा समाजका उपाध्यक्ष अमृत ढकालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शुक्रऋषि चौलार्गाले गरेका थिए । एक सय २८ पेजको सो संग्रहको मूल्य २०० तोकीएको छ ।