स्विमिङ पुलभित्रको चिसो पानीमा पुष्पसँग साम्राज्ञीको मस्ती


स्विमिङ पुलभित्रको चिसो पानीमा पुष्पसँग साम्राज्ञीको मस्ती

नेपालगन्ज ९ फागुन : अभिनेता पुष्प खड्कासँग अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले मस्ती गरेकीछन् ।

साम्राज्ञीले उक्त तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । उनले सार्वजनिक गरेको उक्त तस्विरलाई यतिबेला उनका फ्यानले रुचाएकाछन् ।

पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञीले हालै फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकाएकी छन् । फिल्मको केही दिन पहिले सुटिङ सकिएको थियो ।

सोही बेलाको केही तस्बिर सामाजिक सञ्जाल मार्फत शाहले सार्वजनिक गरेकी हुन् । तस्बिर फिल्म ‘तिम्रो मेरो साथ’को सेट हो । जुन तस्बिर शाहले अभिनेता खड्कासँग स्विमिङ पुलभित्रको चिसो पानीमा खिचाएकी छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

तस्बिरका साथ शाहले चिसो पानीमा छायाँकन गर्दाको अनुभव समेत उल्लेख गरेकी छिन् ।

फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेल हुन् । आर्यन फिल्मस् तथा वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा साम्राज्ञी र पुष्पको अलवा सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका छ ।