नेपालगन्ज १६ फागुन : ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ ।
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने,‘५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यक्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रो सेवाहरुको वारेमा बजारमा सही जानकारीहरु प्रेषित गर्न सकिनेछ ।’
सद्भावनादूतका लागि सम्झौतामा हस्ताक्षर गरिसकेपछि शृङ्खलाले भनिन्, ‘नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवा प्रदायकका रूपमा नेपालभरी गरेको विस्तारित सेवा प्रति वर्ल्डलिंकले गरेको मेहनतको म सराहना गर्दछु । यसको सद्भावनादूत हुन पाएकामा निकै खुसी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु¥याइरहेको संस्था पनि हो । साथै यस कम्पनीले समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुंदै आइरहेको छ । नयाँ कामहरू गरिरहेका र उपभोक्ताहरूलाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाहरूका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत पनि बनिरहेको छ ।’
सद्भावनादूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिलीप अग्रवाला, बोर्ड निर्देशक मनोज अग्रवालको पनि उपस्थिति थियो ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं