नेपालगन्ज २५ फागुन : फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ ।
निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् ।
अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् ।
आशिष अविरल, प्रतीक पौडेल, कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म सुनिलकुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको हो ।
फिल्मका प्रस्तुतकर्ता सुनिल कुमार थापा रहेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं