नेपालगन्ज २६ फागुन : नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र भेरी साहित्य समाजको आयोजनामा यही बिहीबार र शुक्रबार नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक साँस्कृति महोत्सव हुँदैछ ।
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले मङ्गलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
अध्यक्ष तिमिल्सिनाका अनुसार उक्त वाङ्मय गोष्ठि तथा लुम्बिनी प्रादेशिक साँस्कृतिक महोत्सवमा ईस्लामिक दर्शन र नेपालमा यसको प्रचलन, अवधि भाषा, नेपाली कथामा आञ्चलिकता, नेपाली बाल साहित्य : सैद्धान्तिक स्वरुप र प्रयोगलगायतका ५ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै नेपालगन्ज न्यूरोड स्थित होटल कल्पतरुमा हुने दुई दिने कार्यक्रममा हास्यव्यङ्ग्य कवि गोष्ठीका साथै बहुभाषिक कवि गोष्ठी समेत हुने बताए ।
साँस्कृतिक कार्यक्रमद्वारा लुम्बिनी प्रदेशको विविध साँस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै देशभर भाषा साहित्य र कला संस्कृतिमा नयाँ जागरण प्रदान गर्ने उद्देश्य रहेकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं