नेपालगन्ज २६ फागुन : नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र भेरी साहित्य समाजको आयोजनामा यही बिहीबार र शुक्रबार नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक साँस्कृति महोत्सव हुँदैछ ।
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले मङ्गलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
अध्यक्ष तिमिल्सिनाका अनुसार उक्त वाङ्मय गोष्ठि तथा लुम्बिनी प्रादेशिक साँस्कृतिक महोत्सवमा ईस्लामिक दर्शन र नेपालमा यसको प्रचलन, अवधि भाषा, नेपाली कथामा आञ्चलिकता, नेपाली बाल साहित्य : सैद्धान्तिक स्वरुप र प्रयोगलगायतका ५ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
उक्त कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै नेपालगन्ज न्यूरोड स्थित होटल कल्पतरुमा हुने दुई दिने कार्यक्रममा हास्यव्यङ्ग्य कवि गोष्ठीका साथै बहुभाषिक कवि गोष्ठी समेत हुने बताए ।
साँस्कृतिक कार्यक्रमद्वारा लुम्बिनी प्रदेशको विविध साँस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै देशभर भाषा साहित्य र कला संस्कृतिमा नयाँ जागरण प्रदान गर्ने उद्देश्य रहेकोछ ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन