प्रतिभा खोज्दै ‘नेतृत्व’


प्रतिभा खोज्दै ‘नेतृत्व’

नेपालगन्ज २८ फागुन : नेपालगन्ज ट्यालेन्ट हण्टको अपार सफलतापछि आयोजक नेतृत्व प्राइभेट लिमिटेडले ‘नेपालगन्ज ट्यालेन्ट हण्ट सिजन–२’ गर्दैछ । नेतृत्व र क्षमताका क्षेत्रमा काम गरिरहेको नेतृत्व प्राइभेट लिमिटेडले शनिबार नेपालगन्ज ट्यालेन्ट हण्ट दोस्रो सिजन अन्र्तगत अडिसन गर्न लागेको हो ।

आयोजक नेतृत्वका सिइओ सुरेन्द्र चलाउनेले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् । अडिसनका लागि सम्पूर्ण तयारी भइसकेको जानकारी दिदै नृत्य, गायन र सौन्दर्य विद्यामा प्रतिस्प्रर्धा गरिने उनले बताए ।

सन् २०१९ देखि नै नेपालगन्ज ट्यालेन्ट हण्टको आयोजना गरेको नेतृत्वको यो कार्यक्रम युवा तथा किशोरकिशोरीमाझ निकै लोकप्रिय कार्यक्रम हो ।

कोरोनाका कारण गत वर्ष सिजन–२ सञ्चानल गर्न नसकिएको बताउँदै आयोजक नेतृत्वका सिइओ सुरेन्द्रले भने–‘नृत्य, गायन र सौन्दर्य मध्ये कुनैपनि विधामा युवा तथा किशोरकिशोरी सहभागि हुन पाउँनेछन् । ५० प्रतिशत एसएमएस र ५० प्रतिशत जजको मतअनुसार विजयी घोषणा गरिने कार्यक्रम तय गरिएकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘पहिलो चरणको अडिसन शनिबार बिहान १० बजेदेखि सुर्खेतरोडमा रहेको स्वस्तिक कटेजमा गरिनेछ । पहिलो चरणमा सहभागिता जनाउन छुटेकाले चैत्र ६ गते हुने दोस्रो अडिसनमा सहभागिता लिन सक्नेछन् ।’ सिइओ सुरेन्द्रले भने–‘अडिसनबाट चुनिएकालाई गायन र नृत्यतर्फकाले २५ सय शूल्क तिरि १५ दिनसम्म तालिम पाउनेछन् यस्तै सौन्दर्य विधामा चुनिनेले ७ हजार शुल्क तिरी फोटोसुट, मेकअप र तालिम पाउनेछन् ।’

नेतृत्व र क्षमताका क्षेत्रमा काम गरिरहेको नेतृत्वले युवा तथा किशोरकिशोरीमा रहेको अन्तरमुखि प्रतिभा प्रष्फूटन गर्नुका साथै उनीहरुको क्षमता, प्रतिभालाई प्रस्फुटन गराउनेछ सिइओ सुरेन्द्रले भने –‘लहड र भीडमा गरिने यो प्रतियोगिता होइन । यसअघि सम्पन्न भएको ट्यालेन्ट हण्टमा जसरी सहभागिदेखि अभिभावकको साथ र माया पाएको थिए । त्यसैको सफलतामा यसपटक कार्यक्रमलाई निरन्तरता दिइएको हो । फेरिपनि माया र साथ पाउनेछु ।’

यस्तै उक्त कार्यक्रम मध्ये सौन्दर्य विद्या तर्फ मिस नेपालगन्ज (२०१५) सुमन थापाको प्रशिक्षण हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस नेपालगन्ज(२०१५) थापाले भनिन्–‘सौन्दर्य प्रतियोगितालाई अझपनि समाजले गलत नियतमा हेर्ने गरेकाछन् ।’

‘सौन्दर्य प्रतियोगिता प्रतिको हेराई र बुझाई गलत छ, म आफै प्रतियोगितामा भाग लिँदा परिवारले अनुमति दिनुभएको थिएन । पछि यसका बारेमा बुझ्नु भयो । परिवारको साथ पाए । मेरो लगनशिलता र मेहनतले मैले मिस नेपालगन्जको उपाधि जिते ।’ आफ्नो अनुभव सुनाउदै थापाले भनिन्–‘म आफै यो फिल्डमा कामगरिरहेको छु । अभिभावकले निर्धक्क आफ्ना बच्चा पठाउन सक्नुहुनेछ । पारिवारिक वातावरणमै प्रतियोगिता सम्पन्न हुनेछ ।’

आयोजक नेतृत्वका अनुसार नृत्य तर्फ सन्तोष सोतीमगर, गायनतर्फ महेन्द्र सेढाई र सौन्दर्य विधातर्फ मिस नेपालगन्ज (२०१५) सुमन थापाको प्रशिक्षण रहनेछ ।