नेपालगन्ज १ चैत : भारतीय अभिनेता नेपाल सुपर लिग (एनएसएल) को गुडविल एम्बेसडर बनेका छन् । फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको एम्बेसडरका रुपमा भारतीय अभिनेता सोहेल खानलाई राखिएको हो ।
आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ब्राण्ड एम्बेसडर बनेको जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतीय अभिनेता खान नेपाल आउने आयोजकले जनाएको छ ।
वैशाख ११ देखि २५ गतेसम्म चल्ने प्रतियोगीतामा सात फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् ।
जसमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, विराटनगर सिटी फुटबल क्लब, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीको सहभागिता रहनेछ ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन