बर्दिया १ चैत : बर्दियाली साहित्य समाजको छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले राजेन्द्र प्रसाद धितालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समाजको उपाध्यक्षमा लक्ष्मी बस्याल, सचिवमा शुसील चौधरी, सह– सचिवमा कमल रोका, कोषाध्यक्षमा नन्दराज सुवेदी रहेका छन् । यस्तै अमृत ढकाल, देविदत्त देवकोटा, शेखर दहित, लक्ष्मी खनाल र प्रकाश पौडेल सदस्यमा निर्विरोध चयन भएका छन् ।
यस अघि छैठौं जिल्ला अधिबेशनको उद्घाटन समारोहमा बोल्दै बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष एंव नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद धितालले २०५७ सालमा स्थापना भएको यस सस्थाले नयाँ तथा पुराना श्रष्टाहरुलाई देश विदेशमा परिचित गराउन सफल भएको भन्दै प्रकाश राजापुरी देखि अहिलेका युवा पुस्तालाई समेत समेटदै अगाडि बढेको बताएका थिए ।
उनले समाजलाई जिवित राख्न गोविन्द ज्ञवाली, गोबिन्द पाण्डे, बुद्धिनाथ ज्ञवाली, लक्ष्मण ज्ञवाली लगायतका व्यक्तित्वहरु संस्थाका आजिवन सदस्य रहनु उपलब्धि भएको बताए । सो अवसरमा श्रष्टाहरुद्वारा आ–आफ्ना रचना वाचन समेत गरिएको थियो ।
बर्दियाली साहित्य समाजका अध्यक्ष इन्द्रराज पौडेलको सभापतित्वमा भएको सो छैठांै जिल्ला अधिबेशनको उद्घाटन समारोहमा उपाध्यक्ष हरीहर शर्मा आचार्यले स्वागत मन्तब्य राखेका थिए भने समाजका सचिव दीपककुमार शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं