दश हजार घुस माग्ने इन्स्पेक्टरलाई सोधियो स्पष्टिकरण


दश हजार घुस माग्ने इन्स्पेक्टरलाई सोधियो स्पष्टिकरण

नेपालगन्ज ३ चैत : सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस मागेपछि प्रहरी इन्स्पेक्टरलाई स्पष्टिकरण सोधिएको छ । ईलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रमुख समेत रहेका प्रहरी निरीक्षक श्यामकुमार विरुद्ध सेवाग्राहीसँग १० हजार घुस मागेको आरोप लागेपछि स्पष्टिकरण सोधिएको हो ।

दाङको तुलसीपुर उपमहानगर वडा नम्बर ९ नवकान्तिपुर भलाइ तथा इन्भेन्ट कम्पनी प्रालिका शाखा म्यानेजर महेन्द्र महराले प्रहरी निरीक्षक यादविरूद्ध जिप्रकामा सोमबार उजुरी दिएका थिए । उजुरी परेपछि उनलाई जिप्रका सल्यान खलंगा झिकाइएको छ ।

गत फागुन २ गते सल्यान कपुरकोट गाउँपालिका ३ तल्लो बजारमा बा ४ ख ५३६३ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

स्थानीय एक व्यक्तिको घरमा बस ठोक्किएको थियो । दुर्घटनापछि प्रहरी चौकी कपुरकोटमा छलफल पनि भएको थियो । घर धनीलाई घर मर्मतका लागि एक लाख ९० दिने सहमति भएको थियो । घर धनीले पैसा पनि पाइसकेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

तर, दुर्घटना बीमा प्रमाणित गरिदिन सेवाग्राहीले भन्दा प्रहरी निरीक्षकले पैसा मागेको आरोप छ । उनीविरूद्ध घुस मागेको आरोपसहित सेवाग्राहीले उजुरी समेत दिएका थिए ।
दुर्घटना प्रमाणित गर्न खोज्दा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नमानेको महराको दाबी छ । निःशुल्क हुने कामका लागि पनि १० हजार मागेको पनि उनले दाबी गरेका छन् ।

यता प्रहरी निरीक्षक यादवविरूद्ध उजुरी आएपछि अनुसन्धान र छानविन सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए । उनले दोषी देखिए कारवाही गर्ने बताए ।

‘स्पष्टीकरण सोधेका छौं । दोषी पाइए कारवाही हुन्छ । चित्तबुझ्दो जवाफ नआए विभागले सेवाबाट नै निलम्बन पनि गर्न सक्छ,’ उनले भने ।