‘उडायो पछ्यौरी’ ल्याए अञ्जु र प्रमोदले


‘उडायो पछ्यौरी’ ल्याए अञ्जु र प्रमोदले

नेपालगन्ज ६ चैत : गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ ।

बाल के. न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ ।

Kids Festival 2022
kanti aarogya hospital

गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो रोमान्टिक बनेको छ ।

सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन् ।