नेपालगन्ज २२ चैत: नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको अध्यक्षमा कमलराज पौडेल निर्वाचित भएका छन् ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न दोस्रो अधिबेशनले अध्यक्षमा पौडेलसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यसैगरी संघको प्रथम उपाध्यक्षमा कविराज जैसी, द्वीतीय उपाध्यक्षमा माधवप्रसाद पोखरेल, महासचिव कुलराज सन्ज्याल, उपमहासचिव ईश्वरी पौडेल र कोषाध्यक्षमा सौरभ अग्रवाल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शम्शेर चन्द, आलोक सिंह, दुर्गा शाही, डम्मर धामी, रामप्रसाद ढकाल, सरिता शर्मा र उमा सुनार चयन भएका छन् ।
यसअघि अधिवेशनको उद्घाटन नेपालगन्ज उद्योग वाणिज्य संघका अव्दुल वाहिद मन्सुरीले गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, टेकबहादुर खड्का, कुमार रेग्मीलगायत विभिन्न वस्तुगत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले अधिवेशनको सफलताको कामना गरेका थिए । सो अवसरमा संघका अग्रज, जुत्ता चप्पल उत्पादक, एजेन्सीलाई सम्मान र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल