नेपालगन्ज ३० चैत : भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन् । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन् ।
उक्त अवधिमा ९०४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७० हजार २०९ पुगेको छ ।
भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ । जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ ।
त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३५ लाख २५ हजार३६४ पुगेको छ ।
संक्रमितमध्ये एक करोड २१ लाख ५३ हजार ६९९ जना निको भइसकेका छन् भने १२ लाख १ हजार ४५६ सक्रिय संक्रमित रहेका छन् ।
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस