भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित


भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित

नेपालगन्ज ३० चैत : भारतमा एकै दिन करिब एक लाख ७० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६९ हजार ८९९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै कुल संक्रमित संख्याका आधारमा भारत दोस्रो स्थानमा उक्लिएको छ ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन् । तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन् ।

उक्त अवधिमा ९०४ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७० हजार २०९ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ । जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ ।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३५ लाख २५ हजार३६४ पुगेको छ ।

संक्रमितमध्ये एक करोड २१ लाख ५३ हजार ६९९ जना निको भइसकेका छन् भने १२ लाख १ हजार ४५६ सक्रिय संक्रमित रहेका छन् ।