नेपालगन्ज २५ जेठ : जीवन बडू र आकृती मिश्राको आवाज रहेको फास्ट फ्लेबरको म्यूजिक भिडियो ‘रामपियारी भर्सेस रामपियारा’ सार्वजनिक भएकोछ ।
यस गीतमा कबिता रायसंगै मोडल सुधिर श्रेष्ठलाई पनि फिचर्ड गरिएको छ । भने गीतको भिडियोमा गायक जीवन बडुको पनि अभिनय देख्न सकिन्छ ।
र्यापर जगत तिरुवाको शब्द, संगीतमा तयार भएको यस गीतको भिडियो हालको ट्रेण्ड अनुसार निर्माण गरिएको छ । दर्जनौ म्युजिक भिडियो र थुप्रै चलचित्रमा समेत काम गरिसकेकी नायिका तथा मोडल कबिता राएले यस गीतबाट राम्रै आश गरेको बताएकी छिन् ।
केहि दिनअघि मात्र नायक तथा मोडल पल शाहसंग पनि भिडियोमा काम गरिसकेकी रायले पल र सुधिर दुबैसंग काम गर्दा भिडियोमा आफुलाई धेरै सजिलो भएको बताईंन् ।
हालै सार्वजनिक भएको यस गीतमा पनि उनलाई डान्सको राम्रै ठुम्काको साथमा हेर्न पाईन्छ ।
डान्स र एक्स्प्रेसनको राम्रै तारिफ पाउने गरेको सुधिरले पनि कवितासंग काम गर्दा निकै सहज भएको र अहिले भिडियो रिलिज हुँदा झन् मन आनन्द भएको बताए ।
‘कबिता जीको अभिनय प्रतिको इनर्जी देख्दा मलाई नै अचम्म लागेर आउँछ’ सुधीरले भने ।
डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रै साथ पाउनेमा नायिका तथा मोडल कबिता राए ढुक्क रहेकी छिन् ।
निर्देशक बिशाल कुमार महराको निर्देशनमा तयार भएको यस गीतमा गोदावरीको रमणीय झलकहरु देख्न पाईन्छ । पदम सुबेदीको सम्पादन रहेको यस भिडियोमा कलर भने मिलन बिस्वकर्माले गरेकाछन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं