नेपालगन्ज ५ असार : नेपालको मध्ये तथा सुदूरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित कुप्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चाको बिषय बनेको छ ।
रिम विश्वकर्माको कथा अनि दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादनमा निहारिका फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओएसआरबाट रिलिज भएको हो ।
जसमा रिम विश्वकर्मा, अञ्जली खड्का, प्रेमदेव गिरि, सुशिला सिजापती, सुशिला सिंह, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी, जमुना बिक आदि जस्ता नयाँ अनुहारले पर्दापण गरेका छन् ।
यस्तै यो फिल्ममा भएको दुईवटा गितमा मेलिना राई, शान्ती श्री परियार, ऋषी खड्काको आवाज रहेको छ । र, रमेश बिजि र ऋषि खड्काको शब्द रचना रहेको छ ।
उत्तम रिमालको द्वन्द निर्देशन रहेको उक्त चलचित्रमा दुई ओटा द्वन्दको दृश्य समाबेस गरिएको छ । खास गरि छुई (मासिक श्राव) को बेला चेलीलाई ६ दिनसम्म घरमा बस्न नदिई गोठमा वा जङ्गलमा सानो गोठ बनाएर बस्न बाध्य गराईने अमानविय कुप्रथालाई उन्मुलन गर्न हेतु सहयोगीको काम गरोस् भनेर यो फिल्म निर्माण गरिएको कथाकार तथा निर्माता रिम विश्वकर्माले बताए ।
वर्षाको समयमा वास्तविक छाउगोठ मै गई एकदमै दुःख गरि बनाईएको उक्त चलचित्र सम्पुर्ण नेपालीले एकपटक हेर्नै पर्ने निर्देशक दीपक श्रेष्ठको भनाई छ ।
कथामा जिवन्तता आओस् भन्ने हेतुले स्थानीय कलाकारलाई नै समावेस गराईएको निर्माण पक्षको भनाई छ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने