प्रधानमन्त्री देउवाले भने –‘सरकारको प्राथमिकता सबैलाई कोभिड खोप’


प्रधानमन्त्री देउवाले भने –‘सरकारको प्राथमिकता सबैलाई कोभिड खोप’

काठमाडौं ४ साउनः प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा कोभिड खोप केन्द्रको स्थलगत निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।

उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन् ।

प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको समेत निरीक्षण तथा अनुगमन गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital

खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । आजबाट एक डोज मात्र लगाए पुग्ने कोभिड खोप जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।