काठमाडौं ४ साउनः प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप प्रदान गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा कोभिड खोप केन्द्रको स्थलगत निरीक्षणका क्रममा यस्तो बताएका हुन् ।
उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन् ।
प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको समेत निरीक्षण तथा अनुगमन गर्नेछन् ।
खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । आजबाट एक डोज मात्र लगाए पुग्ने कोभिड खोप जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?