नेपालगन्ज ९ साउन : बाँकेका प्रथम पत्रकार स्वर्गी महाविर प्रसाद गप्ताको आज ९५ औ जन्मजयन्ती मनाइएको छ ।
फोटोमा माल्याअर्पण गर्दै उनीप्रति श्रदाञ्जली अर्पण गरिएको हो । स्वर्गीय महाविर प्रसाद गुप्ता हिन्दी साहित्य पुरस्कार समिति र किरण साप्ताहिकद्वारा आयोजित कार्यक्रममा हिन्दी साहित्यमा योगदान पु¥यायवापत कवियत्री कृष्णादेवी पाण्डेलाई सम्मान गरिएको छ ।
वि.सं. १९८४ साउन ९ गते जन्मिएका गुप्ताको २०४३ असोज २९ गते निधन भएको थियो ।
बहुआयामिक व्यक्तित्व गुप्ताले नेपालगन्जमा २००८ सालदेखि पत्रकारिता गर्दै साहित्य, राजनीती र समाजसेवामा योगदान पु¥याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बाँकेका प्रथम पत्रकारका रुपमा संस्थागत सम्बोधन हुनुपर्ने भन्दै उनको पत्रकारिताप्रतिको योगदानबारेको थप अध्यनसँगै विभिन्न आयाम सार्वजनिक हुनुपर्ने आवश्यक्ता पनि औल्याए ।
पत्रकार चौलागाईले सामाजिक योगदान पु¥याएका विशिष्ट व्यक्तिको व्यक्तित्व, कृतित्वलाई जीवन्त राख्न अध्यता, लेखक, पत्रकार र स्रष्टालाई समेत आह्वान गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव एवं साहित्यकार सनत रेग्मीले स्वर्गीय गुप्ता बहुआयामिक र बौद्धिक व्यक्तित्व भएको भन्दै उनको विषयमा पुस्तक प्रकाशन लगायतका कार्य गर्न सुझाव दिए ।
अवधी भाषी साहित्यकार सचिदानन्द चौबेले गुप्ताका फरक पाटोबारे प्रकाश पारे । स्वर्गीय महाविर प्रसाद गुप्ता पुरस्कार समितिका अध्यक्ष विजय कुमार गुप्ताले उनको व्यक्तित्व र योगदानलाई चीरस्मरण हुने गरि रचनात्मक कार्य गर्न जमर्को गरिएको बताए ।
सो समारोहमा साहित्यकार विष्णु कुम्हाल, अवधी पत्रकार संघ बाँकेका अध्यक्ष चन्दे्रश्वर राज त्रिपाठी, भेरी एफएमका स्टेशन म्यानेजर मोहम्मद आरिफ अन्सारी, जसपाका केन्द्रीय सदस्य अव्दुल करिम शेष, जसपा बाँके अध्यक्ष लक्ष्मीनारायण बर्मा लगायतले उनलाई स्मरण गरे ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन