पुजा कुमारी वैश्य
नेपालगन्ज ९ साउन : गुरु पूर्णीमाका अवसरमा गुरुलाई सम्मान गरिएको छ । गुरु पूर्णिमाको दिन योग समिति नेपालका संरक्षक एवं योग गुरुलाई सम्मान गरिएको हो ।
गुरु पुर्णिमाको शुभ अवसरमा आज विहान डाक्टर गीरिराज भटराईलाई योग समितिका तर्फबाट शिष्यहरुले सम्मान पत्र सहित सम्मान गरे ।
योगाभ्यासका साथै सो अवसरमा आजीवन सदस्यता प्राप्त सदस्यलाई सदस्यता समेत वितरण गरिएको थियो ।
भृकुटीनगर टोल विकास समितीद्वारा उमेरका आधारमा योग प्रशिक्षकलाई सम्मान गरिएको थियो ।
सो अवसरमा योग समितिका सल्लाहकार विश्वजीत तिवारी, राजन राना मगर, नन्दलाल वैश्य, योग समितिका आजीवन सदस्य निम बहादुर शाक्य र कार्यक्रम संयोजक मीना न्यौपानेले योग र गुरुपूर्णीमा बारे आफ्ना धारणा राखेका थिए । -प्रशिक्षार्थी
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?