नेपालगन्ज १६ भदौ : मृत्युसंग संघर्षरत अभिनेत्री तथा मोडल निशा घिमिरेको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा घिमिरेको बुधबार (आज) साँझ ६ः५१ निधन भएको हो ।
घिमिरेको पार्थिव शरीरलाई बिहीबार(भोली) दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिनेछ । निशाको आर्थिक अभावमा उपचार हुन नसकेको विषयमा प्रकाशित समाचारबाट थाहा पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत जेठ २७ गते केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर अस्पतालमा उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको थियो ।
मंगलबार मात्र अस्पतालले एक पत्रकार सम्मेलन गर्दै निशाको अवस्था स्थिर रहेको जानकारी दिएको थियो । सो क्रममा अस्पतालले उनको उपचारका सबै प्रयास असफल रहेको जनाएको थियो ।
भोजपुरी फिल्म ‘मधेशी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोकदोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।
नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि करिब ३ वर्षअघि भारतको देहरादून पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रतिदिन स्वास्थ्य बिग्रँदै गएको थियो । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको थियो ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन