घरघरमा फूलपाती भित्र्याइयो


घरघरमा फूलपाती भित्र्याइयो

नेपालगन्ज २६ असोजः आजदेखि दशैंको विदा सुरु भएको छ । नवरात्रिको सातौं दिन अर्थात् फूलपाती देशभर शक्तिपीठहरुमा पुजाआज हुनेगर्छ । आज घर–घरमा फुलपाति भित्राएर मनाउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साईतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ ।

फूलपाती गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाण्डौंको जमलसम्म ल्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा,सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस वर्षको फूलपाती आज अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

यसैबीच, पश्चिम नेपालको महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दीरमा मंगलबार बिहान फुलपाति भित्र्याईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा नेपाली सेनाको भैरवप्रसाद गण, सशस्त्र प्रहरीको ३० नम्बर बाहिनी, जिल्ला प्रहरी कार्यालय बाँकेलगायतको स्थानबाट विधि पूर्वक ल्याईएको फुलपातिलाई बाजागाजा सहित भित्र्याईएको थियो । नेपाली सेनाले हर्ष बढाई समेत गरेको थियो ।