‘डान्स बाँके डान्स–२०७८’ का विजेताले ५० हजार पुरस्कार पाउने


‘डान्स बाँके डान्स–२०७८’ का विजेताले ५० हजार पुरस्कार पाउने

नेपालगन्ज ९ कार्तिक : बाँकेमा ठूलो धनराशी सहितको डान्स प्रतियोगिता हुने भएको छ । रोयल डान्स प्रालिको आयोजनामा उक्त ‘डान्स बाँके डान्स’–२०७८ प्रतियोगिता हुन लागेको हो ।

नेपालगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताका बारेमा जानकारी दिदै प्रतियोगिताको फाइनल आगामी पौष ३ गते गरिने बताएकोछ ।

यही कार्तिक २४ गतेदेखि अडिसन सुरु हुने आयोजकले बताएकोछ । प्रतियोगितामा ५ वर्ष माथिका जोकोहीले भाग लिन पाउने बताइएको छ । कोहलपुर, राजापुर, गुलरिया, धनगढी, दाङ र नेपालगन्जमा अडिसन लिने आयोजकको योजना छ ।

पश्चिम क्षेत्रमा लुकेर रहेका डान्सरहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक रोयलले जानकारी दियो । पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि ‘वाइल्ड कार्ड इन्ट्री’ व्यवस्था रहेको आयोजक टिमका सदस्य रोहित थापाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

सम्भवतः यो प्रतियोगिता नेपालगन्जमै अहिले सम्मकै बढी राशि भएको प्रतियोगिता रहेको आयोजक टिमका सदस्य थापाले ठोकुवा गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, द्वितीय हुनेलाई २५ हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ ।

साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ । बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।