नेपालगन्ज ९ कार्तिक : बाँकेमा ठूलो धनराशी सहितको डान्स प्रतियोगिता हुने भएको छ । रोयल डान्स प्रालिको आयोजनामा उक्त ‘डान्स बाँके डान्स’–२०७८ प्रतियोगिता हुन लागेको हो ।
नेपालगन्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताका बारेमा जानकारी दिदै प्रतियोगिताको फाइनल आगामी पौष ३ गते गरिने बताएकोछ ।
यही कार्तिक २४ गतेदेखि अडिसन सुरु हुने आयोजकले बताएकोछ । प्रतियोगितामा ५ वर्ष माथिका जोकोहीले भाग लिन पाउने बताइएको छ । कोहलपुर, राजापुर, गुलरिया, धनगढी, दाङ र नेपालगन्जमा अडिसन लिने आयोजकको योजना छ ।
पश्चिम क्षेत्रमा लुकेर रहेका डान्सरहरुको क्षमता प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक रोयलले जानकारी दियो । पछिल्लो समय नेपालमा भइरहेका रियालिटी शोको फर्म्याटमा जस्तै यो प्रतियोगितामा पनि ‘वाइल्ड कार्ड इन्ट्री’ व्यवस्था रहेको आयोजक टिमका सदस्य रोहित थापाले बताए ।
सम्भवतः यो प्रतियोगिता नेपालगन्जमै अहिले सम्मकै बढी राशि भएको प्रतियोगिता रहेको आयोजक टिमका सदस्य थापाले ठोकुवा गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, द्वितीय हुनेलाई २५ हजार, आकर्षक गिफ्ट र म्युजिक भिडियो, तृतीय हुनेलाई १५ हजार र आकर्षक गिफ्ट र चौथो हुनेलाई ७ हजार र आकर्षक गिफ्ट पुरस्कार दिइनेछ ।
साथै, प्रतियोगितामा बेस्ट डान्सर पुरस्कारको व्यवस्था समेत गरिएको छ । बेस्ट डान्सरले नगद ३ हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही