नेपालगन्ज १३ कार्तिक : महाकवी लक्ष्मी प्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका सन्दर्भमा आज नेपालगन्जमा यात्री कवितामाथि समिक्षा गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्वीनी प्रदेशद्वारा आयोजित कार्यक्रममा देवकोटाको यात्रीमाथि चार जनाले आधार पत्र प्रस्तुत गरेका छन् ।
साहीत्यकार लेक प्रसाद प्याकुरेल, शुक्रऋषि चौलगाई, किरण आचार्य र सुमीत्रा न्यौपानेले यात्री कविताका विविध पाटाबारे समिक्षात्मक पत्र प्रस्तुत गरे भने इन्द्र बहादुर भण्डारी र बालकृष्ण शर्माले टिप्पणी गरेका थिए । प्रस्तोताले यात्री कविताको सिंगो विषय र सन्देश बारे प्रष्टयाउने प्रयास गरेका थिए ।
यस्तै मीना वरालले किरण आचार्यको कथा संग्रह क्यान्टोनमेन्टबारे समिक्षा प्रस्तुत गरेकि थिइन् । कार्यक्रममा प्रज्ञा सभा सदस्य साहीत्यकार हरि प्रसाद तीमील्सेनाले एउटै विधामा केन्द्रीत रचनात्मक कार्यको प्रशंसा गरे ।
अन्तर्राष्ट्रिय नेपाली साहीत्य समाज लुम्बीनी प्रदेश अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार सनत रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु सुवेदीले आफ्ना धारणा राखेका थिए भने भिम बहादुर शाही, प्रभात सुवेदी लगायतले गीत रचना सुनाएका थिए ।
नेपालगन्ज हुँदै चीनको हिल्सासम्म : कर्णाली करिडोर यसरी जोडिनेछ एशियाली राजमार्गमा
हटाउने उपाय खोज्दै प्रधानमन्त्री, हेडक्वार्टरमा आइजिपीको अर्कै रणनीति
कर्णालीका हिमाली जिल्लाहरूमा हुनसक्छ भारी हिमपात, लुम्बिनी र सुदूरतिर वर्षाको चेतावनी
भएकाे एउटा दमकल जेनजीले जलाइदिए, अहिले घर-पसल जलिरहँदा पश्चिम दाङ चारै पालिकामा छैन दमकल
बाँकेका खेतमा सुगन्ध फैलाउँदै ‘कालानमक’
नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउनुपर्दैन