नेपालमा पाइने पेन्ट्समा प्राणघातक रसायन

मापदण्डभन्दा २५३ गुणा बढी ‘लेड’ भएका पेन्ट्स विक्री भइरहेकोछ : वातावरण वैज्ञानिक साह


नेपालमा पाइने पेन्ट्समा प्राणघातक रसायन

नेपालगन्ज १४ कार्तिक : नेपालमा पाइने पेन्ट्समा प्राणघातक रसायन (लेड)को मात्रा अधिक भएको पाइएकोछ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाण्डौंले हालै सम्पन्न गरेको एक सर्वेक्षणमा यस्तो पाइएको हो ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा सिफेडले गत साउनदेखी भदौसम्म देशभरका विभिन्न स्थानबाट संकलन गरेको ईनामेल पेन्ट्सहरुमा लेड (शीशा)को मात्रा अधिक भएको पाइएको छ ।

सरकारले २०७१ साल पुष ७ गते प्राणघातक रसायन लेड (शीसायुक्त) सम्बन्धि मापदण्ड बनाई राजपत्रमा प्रकाशित समेत गरेको थियो । तर, उक्त मापदण्ड सार्वजनिक भएको ७ वर्ष पुग्नै लाग्दा नेपालमा विक्रीवितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्डविपरित बढि (लेड) रसायन पाइएकोछ । उक्त मापदण्ड अनुसार कुनैपनि ईनामेल र पेन्ट्समा ९० पिपिएम भन्दा कम मात्रा हुनुपर्ने व्यवस्था गरिएकोछ ।

लेडको मापदण्डको परीपालना सम्बन्धि अध्ययनको परीणाम मापदण्ड प्रभावकारी भएको ६ वर्ष भन्दा बढी भईसकेको भएपनि कार्यान्वयन निकै कमजोर रहेको पाईएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सिफेडले हालै गरेको सर्वेक्षण अनुसार देशभरका कुल ६२ नमूना मध्ये ३२ वटा अर्थात ५२ प्रतिशत पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको छ । भने ६२ नमूना मध्ये ३० वटा अर्थात ४८ प्रतिशत पेन्टमा मापदण्डमा तोकेको अधिकतम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र, (सिफेड) काठमाण्डौंका कार्यकारी निर्देशक एवं वतावरण बैज्ञानिक रामचरित्र साहले सेतोखरीलाई जानकारी दिए ।

उक्त अध्यनले देखाएको मापदण्डको परीपालनाको अवस्थामा सुधार देखिए पनि कुनै–कुनै पेन्टहरुमा अझै अत्याधिक मात्रामा लेड पाइएको छ । जसमा २२८५० पिपिएमसम्म लेड पाईएकोछ । अर्थात मापदण्ड भन्दा २५३ गुणा बढीसम्म लेड पाईरहेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पुर्ण परिपालना र प्रभावकारी कार्यान्वयन गर्न गराउन सरकार असफल भएको वातावरण वैज्ञानिक साहले बताए ।

वातावरण वैज्ञानिक साहले भने –‘अध्यनमा सम्मिलित कुल १७ वटा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्टहरुको नमूना मध्ये ११ वटा अर्थात ६५ प्रतिशत पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो भने ६ वटा अर्थात ३५ प्रतिशतमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो ।’

यस्तै अध्यनमा सम्मिलित कुल २६ वटा लेड मूक्त वा लेड नमिसाईको लोगो अकिंत पेन्टहरुको नमूना मध्ये २० वटा अर्थात (७७ प्रतिशत पेन्टमा) मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो भने ६ वटा अर्थात २३ प्रतिशतमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको वतावरण वैज्ञानिक साहले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार विभिन्न सात अन्तर्राष्ट्रिय एव एक राष्ट्रिय स्प्रे पेन्ट्स उद्योगका गरी जम्मा २१ वटा स्प्रे पेन्ट्समा गरिएको लेडको अध्यनले पनि मापदण्डको परीपालनाको स्थिती त्यति उत्साहजनक पाईएन । २१ मध्ये १४ वटा अर्थात ६७ प्रतिशत स्प्रे पेन्टमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा कम लेड पाईएको थियो भने ७ वटा अर्थात ३३ प्रतिशतमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पिपिएम भन्दा बढी लेड पाईको थियो । यी स्प्रे पेन्ट्सका सात नमूनाहरुमा लेडको मात्रा ७५१.१ देखी १५६१८.६२ पिपिएम सम्म लेड पाईएको थियो ।

सेतोखरीसंग कुरा गर्दै वातावरण बैज्ञानिक साहले भने–‘ समग्र रुपमा हेर्दा हालै गरिएको अध्यन अनुसार मापदण्डको कार्यन्वयनको अवस्था अझै कमजोर रहेको पाईएको छ । प्राणघातक ईनामेल र पेन्टस्को विनाअबरोध विक्रीवितरण भइरहेकोछ । यसले मानव स्वास्थ्यलाई झन् जोखिममा पारिरहेकोछ ।’

उनका अनुसार हरेक दुईवटा ईनामेल पेन्ट्स किन्दा, एउटामा नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा)को मापदण्ड ९० पिपिएम भन्दा अत्यधिक लेड पाउने सम्भाबना बढी छ । भने हरेक तीनवटा नेपाल गुणस्तर चिन्ह प्राप्त ईनामेल पेन्ट्स किन्दा, एउटामा नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा)को मापदण्ड ९० पिपिएम भन्दा अत्यधिक लेड पाउने सम्भाबना बढी छ ।

त्यसैगरि हरेक चारवटा लेड मूक्त वा लेड नमिसाईएको लोगो ईड्ढित ईनामेल पेन्ट्स किन्दा, एउटामा नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा)को मापदण्ड ९० पिपिएम भन्दा अत्यधिक लेड पाउने सम्भाबना बढी छ । भने हरेक तीनवटा स्प्रे पेन्ट्स किन्दा, एउटामा नेपाल सरकारले पेन्ट्समा तोकेको लेड(सिसा)को मापदण्ड ९० पिपिएम भन्दा अत्यधिक लेड पाउने सम्भाबना बढी छ ।

नेपालमा लेडयुक्त ईनामेल र पेन्ट्स विक्री वितरण भइरहेको यसका लागि सरकारले मापदण्ड तय गरि कार्यान्वयन गरेको पनि छ तर त्यसको आवस्यक सुधारकोे नितान्त जरुरी रहेको वातावरण वैज्ञानिक साह बताउँछन् । उनले भने –‘यसका लागि सम्बन्धित निकायहरु वातावरण विभाग, भन्सार विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागबाट निरन्तर बजार र पेन्ट उद्योगको अनुगमन गरिनु पर्दछ । पेन्ट्स उत्पादक, आयत, विक्रिवितरण तथा प्रचार प्रसारमा लागेकाहरु लगायत आम उपभोक्ता सबैले अझ वातावरण र जनस्वास्थ्य प्रति बढी जिम्मेबारीपूर्ण भुमिका र दायित्व निर्वाह गराइनुपर्ने आजको आवस्यक्ता हो ।’

नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारीता सम्बन्धि अध्ययन मापदण्ड आएको पहिलो पल्ट सबै सातै प्रदेशहरुबाट संकलित ३७ पेन्ट्स उद्योगहरुका ६२ विभिन्न रड्डका ईनामेल पेन्ट्सहरुमा गरिएको अध्ययन प्रतिवेदनसंगै नेपालमै पहिलो पटक बृहतरुपमा आठ विभिन्न पेन्ट्सका २१ विभिन्न रड्डका स्प्रे पेन्ट्सका नमूनाहरुमा लेड सम्बन्धि गरिएको अध्ययन प्रतिवेदन तथा जानकारी पत्र पनि उक्त जुम कार्यक्रममा जानकारी गराइएको थियो ।

सरकारले मिति २०७१ पौष ७ गते राजपत्रमा प्रकाशित गरी तोकेको पेन्टमा लेड सम्बन्धि बाध्यकारी मापदण्ड ९० पिपिएमबारे ब्यापक जनचेततना तथा क्षमता अभिबृद्धी गरी प्रभावकारिता बढाई लेडको सम्पर्कबाट हुनसक्ने स्वास्थ्य र वातावरणीय समस्याहरुलाई निराकरण एवं न्यूनीकरण गर्ने तर्फ लाग्नुपर्ने वातावरण वैज्ञानिक साहको सुझाव छ ।

यो पनि पढ्नुहोस्

शीशाको बिषबाट बचावटको लागि अन्तराष्ट्रिय सप्ताह सम्पन्न