नेपालगन्ज १५ कार्तिक : मानव अधिकार तथा शान्ति समाजले आज बाँकेका अधिकारकर्मी, स्रष्टा विष्णु कमाल र कैलालीकी स्रष्टा रवीना चौधरीलाई सम्मान गरेको छ ।
समाजद्वारा यस वर्ष १५ जना स्रष्टालाई सम्मान अभियान अन्तर्गत सम्मान गरिदैछ । मानवअधिकार तथा शान्ती समाजद्वारा सोमबार नेपालगन्जमा एक कार्यक्रम गरि पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान कुमाल, श्रीनारायण दाहाल स्रष्टा सौगात चौधरीलाई प्रदान गरिएको हो ।
नेपालगन्जका कुमालले साहीत्य सिर्जनामार्फत मानवअधिकार, शान्तिको पक्षमा वकालत गरेको र धनगढीकी चौधरीले थारु भाषाको उत्थानमा मद्यत पु¥याएको भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोलाई केन्द्रीत गरेर २० हजार रुपैयाँ राशीसहित स्रष्टाहरुलाइ सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव साहीत्यकार सनत रेग्मीले सम्मान पत्र प्रदान गर्दै मोफसलका स्रष्टालाई गरिएको यो सम्मानले अन्य स्रष्टालाई पनि मानवअधिकारको पक्षमा सिर्जना गर्न बल पुग्ने विश्वास व्यक्त गरे ।समाजका वरिष्ठ उपाध्यक्ष सुशिल बस्नेतले सर्जकले मानवअधिकारका सवालमा आवाज उठाएकाले सिर्जनालाई सम्मान गरिएको बताए ।
समाजका शाखा अध्यक्ष प्रभाकर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा मध्यपश्चिम स्रष्टा समाजका अधयक्ष एवं पत्रकार महासंघ लुम्वीनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सम्मानीत स्रष्टा द्वयको संक्षिप्त परिचय प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजका केन्द्रीय सचिव निर्माल नेपाली, भेरी साहीत्य समाज अध्यक्ष हरि तिमिल्सेना, साहीत्यकार ऋचा लुइटेल, अवधी सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष जीनु हक, शिक्षक संघ नगर अध्यक्ष मनोज श्रीवास्तव, मधई सिंह सीख लगायतले शुभकामना दिएका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही